Birendranagar Municipality

हुम्लामा फुर्का नाच लोप हुँदै

रत्न भण्डारी (रबिन)/हुम्ला
 हुम्लामा फुर्का नाच लोप हुँदै

५ बैशाख । जिल्लाका दलित तथा लामा समुुदायले नाच्ने फुर्का नाच लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको छ । शुरुमा दलित समुुदायले विबाह, व्रतवन्ध चाड पर्वमा नाच्ने यो नाच हाल भने नाच्न छोडिएको छ ।

 

दुुई वटा टोली वनाएर प्रतियोगितात्मक रुपमा नाचिने फुुर्का नाच अहिलेको युुवा पुुस्ताले नाँच्न छोडे पछि नाच नै हराउ छ कि भन्ने चिन्ता सिमकोट गाँउपालिका वडा नम्वर ५ का लोक्ते कामीले व्यक्त गरे । यो नाचबाट मनोरञ्जन हुने अनी बाजी पनि जितिने यो नाचको पहिला धेरै महत्व भएको उनि बताउछन् । 

 

यस नाचमा दमाईले बाजा बजउने र १० देखि १५ जनाको समुुहमा दुुई टोलीविच प्रतिस्पर्धा हुने फुर्का नाचमा खसी र नगद बाजी राख्ने गरेको सिमकोट कै नरजित परियारले बताए । यो नाचमा दुुई गाँउका टोलीविच प्रतियोगिता हुने भएकाले कुन गाउँले बाजी मार्ने भन्नेमा सवैको ध्यान र चासो हुने उनि बताउछन् ।


नाच लोप होला भन्ने चिन्ताले केही दिन अगाडी सदरमुुकाम सिमकोटमा फुर्का नाच प्रतियोगिता आयोजना गरिएको सिमकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुुन दर्जीले बताए । उनले भने दर्जीले नाच निक्कै रमाईलो रहेछ, यस्ता पुराना संस्कृतिको संरक्षणमा गाँउपालिका लाग्ने उनले बताए ।

 

२०७५ बैशाख ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्