६ बैशाख । चिङ्गाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्न गाउँपालिका लागीपर्ने अध्यक्ष देवबहादुर चन्दले बताएका छन् । 'सरकारी काम कहिले जाला घाम' भन्ने संस्कारका कारण शिक्षा क्षेत्रको गुणस्तर खस्केको उनको भनाइ छ ।
"चिङ्गाडमा निजि विद्यालयको हावा चल्दैन, हामी निजि विद्यालयलाइ अनुमती दिंदैनौ ।"
सवै विद्यालयमा डिजिटल उपस्थितीसंगै गुणस्तर कायम गर्न गाउँपालिका लागीपर्ने उनले बताए । सरकारी विद्यालयमा बालबालीका नपढाइ निजी विद्यालयहरु पढाउने प्रवृति विरुद्ध लाग्ने अध्यक्ष चन्दको भनाइ छ । चिङ्गाडमा निजि विद्यालयको हावा चल्दैन, हामी निजि विद्यालयलाइ अनुमती दिंदैनौ ।
गाउँपालिकामा कर्मचारीको अभाव छ, हामीले केन्द्र र प्रदेश सरकारको निर्णय कुरेर बस्ने बाध्यता छ । शिक्षा शाखा स्रोतव्यक्तिको भरमा चलाउन बाध्य छौं, दुई जना डक्टरको दरबन्दी भएपनि एक जना कहिलेकाही मात्र उपस्थिती हुँदा सेवाग्राही मारमा छन् उनले गुनासो गरे ।
शुसासन कायम गर्न र भ्रष्टाचार अन्त्यको लागि गाउँपालिका खरो उत्रने अध्यक्ष चन्दको भनाइ छ । हामी कुनै पनि आयोजना तथा क्षेत्रमा भ्रष्टाचार हुन नदिन सचेत छौ, यदी कोही कसैले गरे कानुनको दायरामा ल्याउने उनको भनाइ छ ।
हेर्नुहोस् कुराकानी :
प्रतिकृया दिनुहोस्