Birendranagar Municipality

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

सेरोफेरो
मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

७ वैशाख । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

करिव राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको थियो ।

 

उक्त जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए ।


नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको बताए ।

 

यसअघि बंगला एयरको जहाज अवतरणको क्रममा रनवेभन्दा बाहिर पुगेर दुर्घटना हुँदा ५० यात्रुको मृत्यु भएको थियो ।

तस्विर : प्रकाश आस्थाको फेसबुक

२०७५ बैशाख ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्