सेरोफेरो
३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत आज प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा मतदान हुँदैछ । निर्वाचन तालिका बमोजिम बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुनेछ । मुलुक संघीयतामा प्रवेश गरेपछि यो पहिलो निर्वाचन हो ।
दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई उत्सुकतापूर्वक हेरिएको छ । आज हुने निर्वाचनबाट अधिकारसम्पन्न स्थानीय निकाय (गाउँपालिका र नगरपालिका) का जनप्रतिनिधिहरुको चयन गरिनेछ ।
राजनीतिक दलहरुले आ-आफ्ना नीति तथा कार्यक्रम लिएर जनतासामू पुगेका छन् । उनीहरुसंग मत मागेका छन् । तर, आज जनताले फैसला गर्ने दिन हो । उनीहरुले गोप्य मतदान गरी आफ्नो स्थानीय तहको नेतृत्व चुन्नेछन् । नेपालको संविधानमा उल्लेख भएबमोजिम जनताले सार्वभौमसत्ता प्रयोग गर्ने दिन हो आज ।
प्रतिकृया दिनुहोस्