७ बैशाख । अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतको अध्यक्षमा बिष्णुप्रसाद शर्मा निर्विरोध चयन भएका छन् । शुक्रबार आयोजना गरिएको १३ औं वार्षीक साधारण सभा तथा चुनावी सभाबाट शर्मा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । आजै ११ सदस्यीय समिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा किमसरा खत्री, सचिबमा पुर्णप्रसाद आचार्य, सह–सचिबमा मनमायां थापा, कोषाध्यक्षमा बिष्णुप्रसाद भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा योगेन्द्र शाहि, मञ्जु धमला, चन्द्रा हमाल, तोरण अधिकारी र पिमकली ढकाल रहेको छन् । शुक्रबार आयोजित वार्षीक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै आवाज संस्था सुर्खेतकी निशा पौडेलले विषेशगरी अपाङ्गता भएका महिलाहरु घरेलुहिंसा तथा यौनहिंसाबाट पीडित भएको बताएकी छन् ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै बिष्णुप्रसाद शर्माले राज्यले महिला, बालबालीका तथा दलितका नाममा थुप्रै कानुन निर्माण गरेको तर अपाङ्गता भएका बालबालीका, महिला र दलितका लागी कानुन निर्माण नगरेको बताएका छन् । उनले निर्वाचित भएपछि आगामी दिनमा कर्णाली प्रदेशका करिब ७ सय अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेर काम गर्ने समेत बताएका छन् ।
उनले भने ‘कर्णाली प्रदेशमा करिब एक लाख अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरुसबैलाई समेट्न नसकेपनि करिब ७ सय अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेर काम गर्नेछु ।’
पत्रकार केसी सम्मानीत:
अपाङ्गताका क्षेत्रमा कलम चलाएको भन्दै आजै जागरण एफएममा कार्यरत पत्रकार चाँदनी केसीलाई सम्मान गरीएको छ । अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतको वार्षीक कार्ययोजना अनुरुप हरेक वर्ष एकजना पत्रकारलाई सम्मान गर्ने गरेको अध्यक्ष बिष्णुप्रसाद शर्माले बताए ।
केसीलाई नगद रु ३ हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस्