Birendranagar Municipality

हिल्सामा भान्सार कार्यालय मौसमी रुपमा सञ्चालन

रत्न भण्डारी (रबिन)/हुम्ला

७ बैशाख । हुम्लाको हिल्सा नाकामा रहेको भान्सार कार्यालय मौसमी रुपमा सन्चालन भइरहेको छ । भान्सार विभाग ले कर्मचारी को व्यवस्था गर्न नसक्दा बैशाख देखि असोज सम्म मात्र भान्सार कार्यालय सन्चालन हुने गरेको हो । कर्मचारी अभाव कै कारण चालु आर्थिक वर्षमा भन्सार कार्यालय स्थापना हुन सकेको छैन । स्थायी संरचना र पुर्वाधार अभावका कारण कर्मचारी नियमित नबस्ने गरेको पाइएको छ ।

 

एक नायव सुब्बा सहित दुर्इ खरिदार, एक सह लेखापाल र तीन कार्यालय सहयोगीको दरबन्दी रहेको भान्सार मा अहिले एक जना मात्र कार्यालय सहयोगी को दरवन्दी पुर्ती छ । दुर्इ स्थानिय लाई करारमा कार्यालय सहयोगी राखिए पनि कामकाज ठप्प रहेको स्थानियको गुनासो रहेको छ ।

 

भान्सार कार्यालय स्थापना नहुँदा वार्षिक करोडौंको राजस्व गुमेको काँग्रेस सभापति जयपति रोकायाले वताउछन् । उनका अनुसार दुई देशवीचको व्यापार समेत वैधानिक हुन सकेको छैन । करिव ३ हजार ६ सय मिटर उचाइमा भान्सार कार्यालय मौसमी रुपमा सन्चालन भइरहेको छ ।

 

आर्थिक वर्ष २०७३।०७४ असोजदेखि भान्सार कार्यालय ठप्प छ । मानसरोवर कैलाश जाने भारतीय पर्यटकबाट संकलन हुनुपर्ने राजस्व भन्सार नहुदा उठ्न नसकेको स्थानियहरु बताउछन् ।

 

२०७५ बैशाख ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्