८ बैशाख । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक शनिवार बसेको छ । बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरि प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
यसैगरी मन्त्रीपरिषद वैठकले अन्य तिनवटा विधेयक तर्जुमाका लागि सम्वन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको समेत प्रवक्ता केसीले बताइन् । वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तीक सहमति दिने निर्णय गरेको छ ।
वैठकपछि संचारकर्मीसंग कुराकानी गर्दै प्रवक्ता केसीले भौतिक पुर्वाधार विकास मन्त्रालयद्धारा पेश गरिएको जलश्रोत उपयोग विधेयक २०७५ को मस्यौदा र प्रदेश सडक वोर्ड विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको समेत जानकारी दिइन् ।
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वैशाख १० गते संसदमा प्रस्तुत गर्ने तयारी रहेको वताईएको छ ।
प्रतिकृया दिनुहोस्