Birendranagar Municipality

मुख्यमन्त्रीद्वारा सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश

सेरोफेरो
मुख्यमन्त्रीद्वारा सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश

९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेट गरेका छन् । आइतवार  विहान प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश पेश गरेका थिए ।

 

मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए ।

 

कर्णाली प्रदेश सरकारको आईतवार सम्पन्न मन्त्रीपरिषद वैठकले चालु आर्थिक वर्ष २०७४/७५ को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

 

सोमवार वस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

२०७५ बैशाख ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्