Birendranagar Municipality

दैलेखबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते

सेरोफेरो
दैलेखबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते

९ बैशाख । दैलेखबाट काठमाण्डौंको लागि छुटेको बस सुर्खेतको कपासे व्यारेक नजिक दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

 

आइतवार साँझ करिव ५ः२० मा मध्यपश्चिम यातायातको ना ४ ख ७९०७ नम्वरको बस अचानक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ४७ जना यात्रु सवार उक्त बस कपासे व्यारेक भन्दा ३ किमि माथि दुर्घटना भएको हो ।

 

घाइतेहरुलाइ प्रहरीले देउती नर्सिङ होममा पठाएको जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य यात्रुहरु भने सकुसल रहेका छन् ।

तस्विर :डिल चपाइको फेसबुकवाट

 

२०७४ बैशाख ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्