१० बैशाख । बस र फोर्स गाडी एकआपसमा ठोकिदा १७ जना घाइते भएका छन् । सोमवार करिव ४ बजे भेरीगंगा २ सत्तरी नजिक नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको भे १ ख ६५५७ नम्वरको फोर्स र बिपरित दिशाबाट आउदै गरेको भे १ ख २२६७ नम्वरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
घाइतेहरु मध्ये ४ जनालाइ नेपालगंज पठाइएको र बाँकी १३ जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्