Birendranagar Municipality

१३ औं लोकतन्त्र दिवस : ज्ञानेन्द्रले जनताको नासो जनतालाइ फिर्ता गरेको दिन

"उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाइ निर्वाचन गराउन नसकेको भन्दै प्रधानमन्त्री पदवाट हटाए । माओवादी शसस्त्र युद्धका कारण निर्वाचन सम्पन्न गर्न कठिन थियो । उनले केहि नेताहरुलाइ जेल हाले भने केहिलाइ नजरबन्दमा राखे । अन्ततः सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो र राजधानीमा आन्दोलन चर्कियो । आन्दोलनलाइ थेक्न नसकी ज्ञानेन्द्र शाहले २०६३ बैशाख ११ गते शाही घोषणा मार्फत जनताको नासो जनतालाइ फिर्ता गरेको घोषणा गरी संसद पुर्नस्थापना गरे"
गणेश वली/सेरोफेरो
१३ औं लोकतन्त्र दिवस : ज्ञानेन्द्रले जनताको नासो जनतालाइ फिर्ता गरेको दिन

११ बैशाख । आज १३ औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन गरेको संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । उनले सात दलको नेतृत्वमा जनताले गरेकोे आन्दोलन सामू घुँडा टेकेको र जनताको नासो जनतालाइ फिर्ता दिएको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ ।

 

वि.सं २०६२/६३ को दोस्रो जनआन्दोलनको बलवाट नेपालमा २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो । तत्कालीन राजा स्वः वीरेन्द्र शाहको नारायणहिटी दरवार हत्याकण्डमा वंश नास भएपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपालमा राजकाज चलायका थिए ।

 

स्वइच्छाचारी ढंगवाट उनले आफु निकटलाइ प्रधानमन्त्री बनाउने र हटाउने काम गरे । उनले आफु नजिक मानिएका लोकेन्द्रबहादुर चन्द, सुर्यबहादुर थापा र शेरबहादुर देउवालाइ पटक पटक प्रधानमन्त्री बनाउदै विभिन्न बाहानामा हटाउने काम गरे जो तत्कालीन सात दलहरुले टुलुटुलु हेरिरहे ।

 

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाइ निर्वाचन गराउन नसकेको भन्दै प्रधानमन्त्री पदवाट हटाए । माओवादी शसस्त्र युद्धका कारण निर्वाचन सम्पन्न गर्न कठिन थियो । उनले केहि नेताहरुलाइ जेल हाले भने केहिलाइ नजरबन्दमा राखे । अन्ततः सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो र राजधानीमा आन्दोलन चर्कियो ।

 

आन्दोलनलाइ थेक्न नसकी ज्ञानेन्द्र शाहले २०६३ बैशाख ११ गते शाही घोषणा मार्फत जनताको नासो जनतालाइ फिर्ता गरेको घोषणा गरी संसद पुर्नस्थापना गरे । युद्धरत माओवादी हतियार बिसायर २०६३ मंसिर ११ मा शान्तिपूर्ण राजनीतिमा आयो ।


विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्‍यो र सरकारले संविधान सभाको निर्वाचन गर्ने घोषणा गर्‍यो । विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । विसं २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभाको बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्यको घोषणा गर्‍यो ।

 

पहिलो संविधान सभावाट संविधान जारी हुन सकेन र तत्कालीन प्रधानमन्त्री बावुराम भट्टराइले संविधान सभा विघटन गरे । पुनः विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो उक्त सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्‍यो ।

 

संविधान अनुसार हाल मुलुक तीन तहमा विभाजित छ साथै संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनको महत्वपूर्ण घडीमा छ । मुलुकमा आजको यो व्यवस्था ल्याउन जगको रुपमा रहेको लोकतन्त्र दिवश नेपाली जनताको लागि महत्वपुर्ण दिनको रुपमा रहेको छ । सरकाले औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना नगरेपनि स्वत: स्फुर्त रुपमा विभिन्न संघसंस्थाले यो दिवश मनाउने गर्छन ।

२०७५ बैशाख ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्