११ बैशाख । चन्दननाथ नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय २० दिनदेखी बन्द हुदा सेवा ग्राही मर्कामा परेका छन् । विगत २० दिन देखी वडा कार्यालयका कर्मचारी कार्यालयमा नहुदा सेवा ग्राही मर्कामा परेका हुन् । वडा नम्वर ४ को वडा कार्यालयमा कार्यरत वडा सचिब लक्ष्मी परियार गत चैत्त २० गते देखि क्रिया विदामा छन् ।
सचिव क्रियाविदामा वसेको र अन्य कर्मचारीको व्यावस्था नगरपालिकाले नगर्दा वडा कार्यालय बन्द भएको हो । वडा कार्यालयमा सेवा लिन आउने नागरिक सेवा नलिएरै फर्किने गरेका छन् । वडा नम्बर २ को कार्यालय बाट सेवा दिने गरेको भएपनि प्रभावकारी हुन सकेको छैन । स्थानिय तहको निर्वाचन भएको झण्डै एक वर्ष बित्न लाग्दा समेत तिन वटा वडा कार्यालय एकै भवनममा संञ्चालन भईरहेका छन् ।
वडा नम्वर ४ का अध्यक्ष जगदिस चौलागाई समेत बिदामा बस्दा वडा कार्यालय बन्द छ । सेवा लिन आउने नागरिकहरुलाई वडा नम्वर २ बाट सेवा प्रवाह गरिएको सचिब मिना बुढ्थापाले बताईन् ।
प्रतिकृया दिनुहोस्