११ बैशाख । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सर्वसहमतिवाट चयन भएको छ । महासंघ कर्णालीको अध्यक्षमा दुर्गा थापा चयन भएका छन् । उपाध्यक्षमा कमल पन्त, महिला उपाध्यक्ष डम्मर आचार्य, महासचिव दिपेन्द्र शर्मा, सचिव पवित्र शाही, समावेशी सचिव गणेशकुमार सीर्पाली र कोषाध्यक्षमा सुरेन्द्र खत्री चयन भएका छन् ।
यसैगरी खुला सदस्यहरुमा कृष्ण धमाला, कृष्ण आचार्य, असोक कुमार सिंह, गोविन्द केसी, नविन कुमार पौडेल, विष्णुप्रसाद न्यौपाने, गोपाल रेग्मी र मन्दिर सिंह चयान भएका छन् । यसैगरी आदिवासी जनजाती सदस्यमा सन्तोष घर्ति, जनजाती सदस्यमा श्रीप्रसाद चौधरी, दलित सदस्यमा गणेश विक चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघ कर्णाली प्रदेशको महिला सदस्यहरुमा कृष्णमाया उपाध्याय र छसाल लामा र खुला सदस्यमा दानकुमारी शाही चयन भएका छन् । निर्वाचन समितिले मंगलवार २१ सदस्यीय प्रदेश समितिको अन्तिम नामावाली प्रकाशित गरेको छ ।

प्रतिकृया दिनुहोस्