१२ बैशाख । कर्णाली प्रदेश सभाको १४ औं बैठकमा प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम माथि सांसदहरुले धारणा राखेको छन् । बुधवार बसेको प्रदेश सभा बैठकमा सांसद जिवनबहादुर शाहीले सरकारले जारी गरेको नीति तथा कार्यक्रमको विरोध गरे । उनले प्रदेश सभा हल्का तरिकावाट र मनोमानी हिसावबाट चलेको समेत आरोप लगाए । उनले सांसदमा पुरै समय सरकारको नीति तथा कार्यक्रमको विरोधमा खर्चिएका थिए ।
संसदमा विषेश समय लियर बोल्दै शाहीले सांसदहरु आफुखुसी पोसाकमा बैठकमा सहभागी भएको विषयलाइ समेत उठान गरेका छन् । उनले प्रावि र माविलाइ राम्रो संग चलाउन नसकेको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ प्रदेश सरकार मातहतमा राख्ने कुरा समेत अपरिपक्क भएको टिप्पणी गरे ।
सांसद गुलाव जंग शाहले संचारमाध्ययमलाइ प्रोत्साहन र विकास गर्ने गरि नीति तथा कार्यक्रम आउनुपर्नेमा सुझाव दिए । उनले भने '२०५८ सालदेखि हालसम्म बनिरहने काँक्रेविहारका सम्वन्धमा समेत नीति तथा कार्यक्रमले बोल्नुपर्छ ।'
यस्तै सांसद करविर शाही, कर्मराज शाही ले कार्यक्रमका धेरै पक्ष राम्रो भएकोले कार्यक्रमको प्रभावकारीतामा जोड दिए । सांसद कृष्णा शाहले नीति तथा कार्यक्रमले श्रम र श्रमक्षेत्रको विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले युवाहरुलाइ रुदै विदेश पठाउनुपर्ने बाध्यता अन्त्य गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।
सांसद पद्मा खड्काले महिलाहरुको समस्या सुनुवाइको लागि विशेष इकाइको व्यवस्था गरिनुपर्ने सुझाव दिइन् । नीति तथा कार्यक्रममा बोल्दै विन्दमान विष्टले यो प्रदेशको प्रतिपक्ष भनेको गरिबी भएको भन्दै यसका लागि सवै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
विष्टले भने 'हामीले कर्णाली गौरवका आयोजनाहरुको पहिचान गरी अगाडी बढ्नुपर्छ ।' अन्य सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गर्दे कार्यन्वयनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्