१२ बैशाख । बुधवार बसेको कर्णाली प्रदेश सभाको १४औं बैठकमा सांसद जिवनबहादुर शाही बोलीरहेका थिए । उनले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरिरहेका थिए । यसैक्रममा शाहीले मन्त्रीहरुको लाइनमा बसेका सांसद धर्मराज रेग्मी तर्फ खनिए । उनले भने 'धर्मराज रेग्मी मन्त्री हुनुहुन्छ ? किन सांसद सचिवालयले एउटै लाइनमा बसालेको ।'
यसै क्रममा सांसद धर्मराज रेग्मी उठेर जिवनबहादुर शाहीको प्रतिवाद गर्न थाले । उनले नियमापत्ती गर्दे संसद सचिवालयले निर्धारण गरेको सिटमा बसेकाले यस विषयमा आवाज उठाउनु गलत भएको बताए । उनिहरु विच केहि समय दोहोरो प्रतिवाद चल्यो ।
सभामुख राजबहादुर शाहीले धर्मरेग्मीलाइ पटक पटक बस्न आग्रह गरेपछि रेग्मी आफ्नो सिटमा बसे । केहिवेर सांसद शाही र सभामुख विच समेत सवाल जवाफ भएको थियो । संसद सचिवालयले विचको पहिलो र दोस्रो रोमा मन्त्रीहरुको लाइनसंगै माओवादी केन्द्रका सांसदको लागि सिट निर्धारण गरेको छ ।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्