१३ वैशाख । चालू आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । बिहिवार प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् ।
मन्त्री ज्वालाले कुल १ अर्ब २ करोड ५ लाखको बजेट संसदमा पेश गरेका छन् । जस अन्तर्गत चालु खर्चतर्फ रु. ४३ करोड ८४ लाख ३ हजार कूल विनियोजनको ४२.९५ प्रतिशत र पुँजीगततर्फ रु. ५८ करोड २० लाख ९७ हजार कूल विनियोजनको ५७.०५ प्रतिशत विनियोजन गरिएको छ ।
हेर्नुहोस् बजेटको पूर्णपाठ :
प्रतिकृया दिनुहोस्