१४ बैशाख । अमेरिकाले नेपाली आप्रवासीलाई प्रदान गर्दै आएको अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) को सुविधालाई बिहिबार खारेज गरेको छ ।
ट्रम्प प्रशासनले सन् २०१९ को जुन २४ भित्र सम्बन्धित नेपाली आप्रवासीलाई वैधानिक हैसियतका अन्य विकल्प खोज्न वा अमेरिका छाड्न सुचना जारी गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वय गर्नेछौ।’
अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ ‘नेपाली नागरिकका लागि जारी गरिएको टिपीएस जुन २४, २०१९ मा अन्त्य हुनेछ। यो अवधिभित्र टीपीएस मार्फत काम र वसोवासको अनुमति पाएका ९ हजार नेपालीलाई अन्य कुनै कानुनी प्रक्रिया अपनाउन वा स्वदेश फिर्ता हुन निर्देशन गर्दछौ।’
सन् २०१५ मा नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले कागजपत्र बिहिन नेपालीहरुलाई अस्थायी काम गर्ने तथा ओहोदोहोर गर्ने अनुमति प्रदान गरेको थियो। ‘अब नेपालमा असुरक्षाको अनुभूती नभएका कारण हामीले टीपीएस एक वर्ष भित्र सकिने निर्णले गरेका छौं।’
नेपालमा तीन वर्ष अगाडि ७.८ रेक्टर स्केलको भूकम्प गएपछि अमेरिकाले अमेरिका भित्र रहेका कागजपत्रबिहिन नेपालीहरुलाई अस्थायी बसोवाससहित काम गर्नका लागि टिपीएसको प्रदान गरेको थियो।
सन् १९९० देखि अमेरिकी सरकारले राजनीतिक, प्राकृतिक बिपत, हत्या हिंसाले प्रभाव पारेका मुलुकका नागरिकहरुका लागि टिपीएस मार्फत संरक्षणको ब्यवस्था गर्दै आएको छ।
होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशन

प्रतिकृया दिनुहोस्