Birendranagar Municipality

उत्तर र दक्षिण कोरियाका नेताबीच ६ दशकपछि ऐतिहासिक भेटवार्ता

एजेन्सी
उत्तर र दक्षिण कोरियाका नेताबीच ६ दशकपछि ऐतिहासिक भेटवार्ता

१४ बैशाख । उत्तर कोरियाका नेता किम जोङ उन शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन्। उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँ पुगेका थिए। सन् २००७ पछि पहिलो पटक उत्तर र दक्षिण कोरियाली नेताहरूको शिखर बैठक भएको हो।

 

सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन्।

 

वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए। उनीहरुले एकअर्कासँग हात मिलाएका थिए। दुबै नेताहरूलाई  परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशका राष्ट्रिय गान बजाइएको थियो।

 

दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनले दुई देशबीच शिखर बैठक शुरू हुनुअघि नाकामा स्थानीय समय अनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए। समाचार संस्था एएफपीका अनुसार मुनले किमलाई भने, ‘तपाईँलाई भेट्न पाउँदा म खुशी छु।’

 

दक्षिण कोरियाली राष्ट्रपति मुनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेकेका छन्।

 

दुबै नेताहरूबीच गैरसैनिक क्षेत्रमा आज औपचारिक वार्ता हुनेछ।

 

उनीहरूबीचको ऐतिहासिक वार्ता पारमाणविक कार्यक्रम परित्याग गर्ने उत्तर कोरियाको पछिल्लो चाहनामा केन्द्रित हुनेछ।

२०७४ बैशाख १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्