१४ बैशाख । कर्णाली प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले पेश गरेको बजेट प्रदेशको समृद्धि तर्फ लक्षित भएको बताएका छन् । बजेट बक्तव्य वारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले सरकारले जानी जानी महत्वकांक्षी बजेट ल्याएको समेत बताए ।
उनले भने 'यो बजेट महत्वकांक्षी छ भन्ने हामीलाइ थाह थियो र जानी जानी महत्वकांक्षी बजेट ल्याएका हौ ।' यो बजेट हर हालतमा कार्यान्वय गर्ने उनले बताए । उनले भने 'हामी बजेट कार्यान्वयनमा प्रतिवद्ध छौ यसमा जनता, कर्मचारी, सांसद र पत्रकारहरुले आ-आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्छ ।'
प्रदेश सरकारले पहिलो पटक बजेट तयार गरेकोले केहि विषयवस्तुहरुमा अस्पष्टता रहेपनि शुरुमा बाटो तयार गर्न कठिन रहेको उनले बताए । उनले भने 'राष्ट्रिय बजेट ल्याउन सजिलो छ किनकी त्यो एउटा फ्रेममा छ तर प्रदेश सरकारले ल्याएको बजेट नयाँ शुरुवात हो ।'
मन्त्री ज्वाले भने 'बजेटका सम्वन्धमा सांसदहरुले राखेका सवालहरु जायज छन्, सरकारले संसदमा पेश गरेको बजेट वक्तव्य मात्र हो, माननीयहरुले सिफारिस गरेका साना तथा ठुला सवै योजनाहरु रातो कितावमा आउँछ । हामीले कर्णालीको विकास र समृद्धिको सपना देखेका छौ जो नीति कार्यक्रम र बजेटमा उल्लेख छ ।'
बजेटले कानुन निर्माणलाइ मुख्य प्राथमिकता दिएको समेत बताए । आउदो वर्षादमा बाढीपिडितहरुलाइ छानामुनी ल्याउने गरि काम गरिने समेत मन्त्री ज्वालाले बताए ।
प्रतिकृया दिनुहोस्