१४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताएका छन् । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गरे ।
‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भने–‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन वाहिरवाट आयात गरेर खाने?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न आग्रह गरे ।
सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत कृषिक्षेत्रलाइ उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्राष्डीङ्ग’ गरिने बताए । कृषि उत्पादनलाई पर्यटनसंग जोडनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले भने–‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन लिने वातावरण वनाउन जरुरी छ, सेल्फी खिचेर पर्यटक फर्किएमा हाम्रो समृद्धि संभव छैन ।’
पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
प्रतिकृया दिनुहोस्