१४ बैशाख । लेकवेशी नगरपालिका वाड ६ कल्याणमा सहभागिता मूलक वार्षिक योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम USAID को आर्थिक सहयोक FHI 360 को प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाको सहजिकरणमा सन्चालित पारस्पारिक जवाफतदेहिता परियोजना (CS:MAP) को आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा लेकवेशी नगरपालिका वाड ६ र ७ मा गठित कल्याण स्थानीय सभाका संयोजक, सहसंयोजक लेकवेशी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ज्ञवालीको समेत सहभागीता थियो । ३३ जनको सहभागीता भएको कार्यक्रममा बार्षिक योजना बजेट तथा तर्जुमा योजना प्रकृयाका ७ चरणहरु स्थानीय तह वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०७४ को बारेमा छलफल गरिएको थियो ।
उक्त कार्यक्रम सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक खिम रेग्मीको सहजिकरणमा सम्पन्न भएको अभियान सुपरभाईजर गगन खड्काले बताए ।
प्रतिकृया दिनुहोस्