Birendranagar Municipality

वृद्ध महिला उपचार खोज्दै दुनैमा

रुपलाल बोहोरा/डोल्पा
वृद्ध महिला उपचार खोज्दै दुनैमा

 १४ वैशाख । ५२ बर्षिया जयक्वारा नेपाली शिविर चल्दैछ भन्ने सुनेर शुक्रबार डोल्पा जिल्ला अस्पताल पुगिन् । स्पष्ट बोल्न नसक्ने, राम्ररी हिड्न नसक्ने उनको घर त्रीपुरा सुन्दरी नगरपालीका १ रल्ली हो । 

 

शिबीर कुन रोग सम्बन्धि हो भन्ने थाहा नपाएकी उनलाई ८ बर्ष देखी छाला सम्बन्धि रोगले सताएको रहेछ । उनका हात खुट्टाका छाला उत्रीने, चिलाउने र फोका उठ्ने समस्याले ग्रसित हुंदै गएपछि उपचार हुने आशामा एक्लै सदरमुकाम दुनै पुगेकी हुन । गाउंमा कार्यरत स्थानिय स्वास्थ्य कर्मीले शिविरबारे सुचना दिएपछि उनले निको हुने सपना देख्न थाथिन् ।


नियमित औषधी प्रयोग गरे पछि रोग निको हुने डाक्टरको सल्लाहले उनलाई खुशी बनायो । तर औषधी किन्ने रकम अभावले फेरी तनाव खेपिरहेकी छन् । समस्या लिएर डोल्पाका नेता एवम् माननिय संस्कृती पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री धन बहादुर बुढालाई भेटीन । मन्त्री बुढाले २ हजार सहयोग गरेपछि सहज भयो उनलाई ।


करिब ३५ वर्ष अगाडी श्रीमानको मृत्यु भयो । दुई छोराहरु विबाह गरेर छुट्टै बस्छन् । आफु एक्लै बसिरहेको र एकल महिलाको भत्तँले घरको रामान्य खर्च टारेकी उनी कुनै दिन भोकै पनि बसेको बताउंछिन् । ज्यानले नसक्दा भने गाउमा मागेर खाने गरेको पनि उनले बताइन् ।


उनीसंगै गाउकी अर्की ६० बर्षिया एकल महिला तुलजिता शाही पनि पाठेघर को समस्या देखाउन जिल्ला अस्पतालमा नेपाली संगै आएकी छिन् । तुलजिताका श्रीमानको पनि दुइ वर्ष अघि मृत्यु भयो । छोरा छोरी कोही पनि नभएको बताउँदै भनिन् ‘सौताका छोराहरु छन् तर कसैले नहेपछि बुढेस कालमा भत्तँका भरमा बाचेकी छु ।’

२०७५ वैशाख १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्