१४ बैशाख । राष्ट्रियसभा सदस्य तथा दाङकी एमाले नेता कोमल वलीले दाङमा राष्ट्रिय स्तरका दुईवटा चिडियाखाना निर्माणका लागि यो आर्थिक वर्षमा बजेटको व्यबस्था गरिदिन वनमन्त्री शक्ति बहादुर बस्नेत संग माग गरेकी छिन् ।
वन मन्त्री बस्नेतसँगको भेटमा उनले आगामि आर्थिक वर्ष २०७५-७६ का लागि दुई चिडियाखानाका लागि उपर्युक्त वजेटको ब्यवस्था गरिदिन माग गरेकी हुन् । नेपालको ठुलो उपत्यकामा पर्ने दाङ भ्यालीको तुलसीपुर उपमहानगर पालिकामा एउटा र देउखुरी उपत्यकाको लमहीनगरपालिकामा अर्को गरि दुईवटा चिडियाखानाको माग गरेको सांसद वलीले सेरोफेरोलाइ बताईन् ।
मन्त्री बस्नेतले प्राकृतिरुपले सम्पन्न दाङमा राष्ट्रियस्तरको चिडियाखाना बनाउन आफूले योजनामा राखिदिने बताएका छन् ।
चिडियाखाना बनाउने कुरामा मन्त्री बस्नेत सकारात्मक रहेको वलीले छोटो कुराकानीमा हामीलाई बताईन् । उनले भनिन् 'समृद्ध दाङ बनाउनका लागि मैले धेरैनै योजना बनाएकी छु, ती मागहरु लिएर सम्बन्धित निकायमा गइरहेकी छु र जानेछु ।' दाङको विकास र समृद्धि यात्रामा प्रदेश सरकार तथा संघीय सरकारसँग हामीले हाम्रा माग राख्न छुटाउनु हुँदैन ।
उनले थपिन् 'केही राम्रा योजनामा काम गर्ने हो भने दक्षिण एशियाकै ठूलो उपत्यका दाङको मुहार जरुर चाँडै फेरिन्छ, नेपालका आकर्षक पर्यटकीय गन्तव्यमध्ये दाङ एक बन्छ । म दाङलाई सुन्दर र सम्बृद्ध बनाउन हरसम्भव लागिरहनेछु ।’
प्रतिकृया दिनुहोस्