सेरोफेरो
३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ । जननिर्मित नेपालको संविधान बमोजिम संघीयता कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा स्थानीय तहको निर्वाचनलाई हेरिएको थियो ।
निर्वाचनमा व्यापक जनसहभागीता रहेको छ । निर्वाचन आयोगका अनुसार ७० प्रतिशत मत खसेको छ । मतदानमा संलग्न पुरुषभन्दा महिला बढि रहेको पाइएको छ । मतगणना कार्य आजैबाट प्रारम्भ हुने पनि निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय निकाय पुनर्संरचना आयोगको सिफारिसमा सरकारले सात सय ४४ स्थानीय तहको गठन गरेपश्चात् पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो ।
सरकारले बैशाख ३१ मा मुलुकभर स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेतापनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
पहिलो चरण अन्तर्गत प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा आज मतदान सम्पन्न भएको हो । दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ ३१ मा प्रदेश १, २, ५ र ७ मा मतदान हुँदैछ ।
निर्वाचनको सेरोफेरोमा केही घटना भएका छन् । दोलखामा मतदानका बेला विवाद बढेपछि प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको छ । मुगुमा विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको छ । छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रहेको छ ।
निर्वाचनका तस्वीरहरु :
भोट हाल्न प्रतिक्षारत एक वृद्धा
सुर्खेतको भैरवस्थान मावि केन्द्रमा भोट खसाल्दै पूर्व पर्यटन मन्त्री यामलाल कंडेल
मतदान केन्द्रको गेटमा सुरक्षार्थ तैनाथ म्यादी प्रहरी
सुर्खेतको जनमावि केन्द्रमा भोट हाल्न जाने क्रममा एक बृद्ध
बोकेर भोट हाल्न लगिंदै अशक्त महिला
निर्वाचनको सुरक्षार्थ तैनाथ प्रहरी
मतपेटिकालाई सुरक्षा दिंदै नेपाल प्रहरी
मतदान कार्यक्रम सम्पन्न भएपछि संरचना भत्काईंदै
मतपेटिकामा शिल लगाईंदै
मतपेटिकाको सुरक्षा गर्दै प्रहरीमतपेटिकामा मतदान केन्द्रको नाम लेख्दै निर्वाचन अधिकारी
प्रतिकृया दिनुहोस्