१६ बैशाख । कर्णाली प्रदेश सरकारले पेश गरेको आर्थिक वर्ष २०७४÷७५को सेवा र कार्यहरुको लाथि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वलाले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि प्रदेश सभाले सर्वसम्मतिवाट विधेयक पास गरेको हो ।
यसैगरी आइतबारको प्रदेश सभा वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश आकस्मीक कोष विधेयक २०७५को मस्यौदा प्रस्तुत गरेका छन् । आर्थिक विधेयक पारित भएलगत्तै मन्त्री ज्वालाले अर्को विधेयक टेवल गरेका हुन् ।
प्रदेश सभाको अर्को वैठक वैशाख १८ गते १ वजेका लागि तोकिएको छ ।
प्रतिकृया दिनुहोस्