सेरोफेरो
१ जेठ, सुर्खेत । कालिकोटमा आइतबार साँझ प्रहरी र मतपेटिका जफत गर्न आएका विप्लव समूहबीचमा भिडन्त हुँदा एकको मृत्यु भएको छ । भिडन्तमा नरहरीनाथ गाउँपालिका ६ का ४३ वर्षीय नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
मालकोट नन्दादेवी माविको मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको थियो । भिडन्तमा गोली लागि घाइते भएका बटालाको आइतबार मध्य राती मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गृहधारी सुवेदीले जानकारी दिए । घटनास्थल सदरमुकादेखि आठ घण्टा टाढा रहेको छ । शवलाई पोष्टमार्टमका लागि हेलिकोप्टरबाट कालिकोट जिल्ला अस्पतालमा ल्याइएको छ ।
घाइते भएका दुइ जनालाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको छ । घाइते हुनेमा ३० वर्षीय दानबहादुुर बटाला र ३२ वर्षीय तलुबहादुर बटाला रहेका छन् । प्रहरीको गोलि लागी घाइते भएका ४५ वर्षीय व्यासी बटालाको भने कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । भिडन्तमा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
मालकोट मतदान केन्द्रमा मत पेटिका सहित मतपत्र जलाइएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्