१८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सांसदहरुले चर्को विरोध गरेपछि निकर्ष बिनानै कार्यक्रमको समापन गरिएको थियो । आगामी दिनमा स्वास्थ्य निति कस्तो बनाउने र कर्णाली सरकार कसरी अगाडि बढ्दा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सांसदहरुले असन्तुष्ट भएका हुन् ।
कर्णाली प्रदेशका जेष्ठ सांसद हिमबहादुर शाहिले कार्यक्रमको उदेश्य एकातिर भएपनी प्रस्तुती विद्यालयमा केटाकेटिलाई पढाएको जस्तो गरेकोले आरोप लगाए र कार्यक्रमबाट बाहिरीए । उनले आयोजकलाई प्रश्न गर्दै भने ‘हामी विद्यार्थी हो की सांसद ? यदि हामी विद्यार्थी भए सर्टिफिकेट दिनुपर्दछ सांसद हो भने निति तथा कानुन बनाउने र बनेका कानुनमा रचनात्मक सुझाब दिनसक्ने हैसियत हामी सांसद संग छ । यो कार्यक्रममा कर्मचारीले सांसदको अपमान गरे । कर्मचारीको सोच परिवर्तन गर्न जरुरी छ ।’
त्यस्तै एमाले संसदिय दलका नेता यामलाल कंडेलले प्रदेश सरकारले ढंग पुर्याएर कार्यक्रमको आयोजना गर्न आग्रह गरेका छन् । कंडेलले भने 'यो कार्यक्रमको उद्देश्यअनुसार कार्यक्रममा तयारी नभएको पाइयो । आयोजकले ढंग पुर्याउन आवश्यक छ ।' सांसद ठम्मर बहादुर विष्टले मन्त्रालयको कार्यक्रम फितलो हुनु लाजमर्दो भएको बताउंदै सांसदहरुलाई नितिगत कुराको छलफलमा सहभागी गराउनुको साटो प्रशिक्षण दिईनु राम्रो पक्ष नभएको बताए ।
सांसद अम्मरबहादुर थापाले मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विशेषज्ञ आएको अपेक्षा गरेपनी त्यसो नभई कर्मचारीले नै प्रशिक्षण दिएकोले सांसदहरुलाई कर्मचारीले दिने प्रशिक्षणमा बस्ने फुर्सद नभएको भन्दै असन्तुष्ट व्यक्त गरे । सांसद दानसिं परियार, पद्मा खड्का लगाएतका सांसदहरुले कार्यक्रमको उदेश्य एकातीर तर प्रस्तुती अर्कैतिर भएको भन्दै कर्मचारीहरुले सांसदहरुको मर्यादा नराखेकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
नितिगत छलफल भनी सहभागी भएका सांसदहरुलाइ सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुले स्वास्थ्य सम्बन्धि प्रशिक्षण सहितको प्रस्तुती राख्दा सांसदहरु असन्तुष्ट भई कार्यक्रम बहिष्कार गरि बाहिरीएका थिए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्यका क्षेत्रमा कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउनको लागी सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । सिक्ने र सिकाउने लहर जहांपनी चल्ने भन्दै निति निर्माण र कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरे । संघिय संरचना कतिले मननपराएको भन्दै जनचेतनाका लागी यस्ता कार्यक्रम आवश्यक भएको मन्त्री शाहिले बताएका छन् ।
त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका सांसदहरुबाट सकारात्मक सुझाबको अपेक्षा गरी कार्यक्रमको आयोजना गरिएको भएपनी आलोचना गरी कार्यक्रमनै बिथोल्ने प्रवृद्धि देखाएको भन्दै सकारात्मक सुझाबका लागी आग्रह गरे । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यता तथा सामाजीक विकास मन्त्री दल रावलको अध्यक्ष्ँतामा भएको कार्यक्रम बिना छलफल आलोचनात्मक तरिकाले टुङ्गिएको थियो ।
प्रतिकृया दिनुहोस्