१८ बैशाख । पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका ४९ जना निकुञ्जको गस्ती टोलीको फन्दामा परेका छन् । डोल्पाको जगदुल्ला गाउंपालिकाको जगदुल्ला पाटन पुगेका ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ति टोलिले पक्राउ गरेको छ ।
यार्सगुम्वा संकलनका लागि कानुनी रुपमा पाटन खुला नहुदै अवैधरुपमा संकलन गर्न गएका संकलन कर्ताहरुलाइ जगदुल्ला गाउंपालिकाका पदाधिकारी, मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयहरुको सहयोगमा राष्ट्रिय निकुञ्ज र सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले पाटनबाटै सोेमवार राति साढे ११ बजेतिर पक्राउ गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
यार्सा संकलनका लागि पाटन आगामी जेठ १ गतेबाट खुल्ला रहने जनाइएका छ । शुरुमा ५१ जनालाइ पक्राउ गरिएको र २ जना भागेकाले ४९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ११ जना महिलाहरु रहेका छन् । पक्राउ परेका ४९ जना सबै डोल्पा बाहीरका रहेको निकुञ्जले जानकारी दिएको छ ।
बैशाख १० गते अवैध रुपमा यार्सा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुको अनुसन्धान भइरहेको निकुञ्जका अनुसन्धान अधिकृत चौधरीले जनाए ।
प्रतिकृया दिनुहोस्