Birendranagar Municipality

हुम्लामा सुचना सञ्चार सम्वन्धी तालिम सम्पन्न

रत्न भण्डारी (रबिन)/हुम्ला
हुम्लामा सुचना सञ्चार सम्वन्धी तालिम सम्पन्न

१८ बैशाख । हुम्ला जिल्लामा पहीलो पटक संचालन भएको सुचना सञ्चारमा बालिबालिकाको पहुँच सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । आइतबार बाट सञ्चालन भएको उक्त तालिममा बालमन्दिर मावि र मानसरोवर माविका छात्रा विद्यार्थीका साथै महिला शिक्षक गरी १२० जनाको सहभागी रहेको थियो ।

 

तिनदिने तालिममा समय अनुसार प्रविधिको प्रयोगवारे जानकारी पाएको मनिषा हमालले बताइन् । प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जुनगतिमा सुचना सञ्चार प्रविधिमा यहाँका बालिकाहरुलाई सिकाउने उद्देश्यका साथ आफुहरु आयपनि आसा गरेअनुसार इन्टरनेट सेवा प्रभावकारी नहुँदा सिकाइ प्रभावकारी नभएको बताए ।

 

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले विश्व इन्टरनेटको प्रयोगले साँघुरो बनेको र यसबाट धेरै ज्ञानगुनका कुरा सिक्न सकिने भएकाले यसको प्रभाकारीताको आवश्यकता औल्याय । उक्त कार्यक्रम इनआइ सि टि दिवसका रुममा सञ्चालन गरेको सिप नेपाल हुम्लाका ठरिक लामाले बताए ।

 

कार्यक्रम सुचना र सञ्चार प्रविधि समाज नेपाल, नेपाल दुरसञ्चार प्राधिकरण र सिप नेपाल हुम्लाको संयुक्क्त पहलमा सञ्चालन भएको हो ।

२०७५ बैशाख १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्