१९ बैशाख । राष्ट्रिय सभा सदस्य कोमल वलीले विभिन्न माग सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्री समक्ष अनुरोध गरेकी छन् । उनले मन्त्री लधुविर माहासेठलाई १० बुँदे माग पत्र बुझाउदै घोराही तुल्सीपुर सुर्खेत रेलमार्गको सम्भाव्यता अध्ययनको माग गरेकी छन् । उनले दाङ भित्र जोडिने र दाङबाट अन्य जिल्ला जोडिने सडक निर्माणको लागि पहल थाल्न समेत माग गरेकी छन् ।
सेरोफेरोसंगको कुराकानीमा उनले भनिन् 'पुर्व पश्चिम राजमार्गमा रेल आउँदा दाङको लमहिबाट घोराहि हुँदै तुल्सीपुर देखि सुर्खेत सम्म पनि रेलमार्ग निर्माण गर्न जरुरी छ । जसले दुइवटा प्रदेशलाइ जोड्ने काम गर्छ । यो रेलमार्ग बनेको अवस्थामा रारा र मानसरोवर सम्म पर्यटकहरु सहज रुपमा आवतजावत गर्ने भएकाले यसले आर्थिक विकासमा ठुलो टेवा पुर्याउछ ।'
यो मार्ग बनेको खण्डमा लुम्विनी देखी मानसरोवार सम्म जाने पर्यटकको सिधा लिङ्क रोडको रुपमा रहने बताइन् । यस विषयमा भौतिक पुर्वाधार मन्त्री समेत सकारात्मक भएको उनले बताइन् ।


प्रतिकृया दिनुहोस्