Birendranagar Municipality

नर्सिङ आईडल २०१८ को ताज सुनिशालाई

सेरोफेरो /काठमाडौं
नर्सिङ आईडल २०१८ को ताज सुनिशालाई

१९ वैशाख । ‘नर्सिङ आईडल २०१८’ को उपाधि स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकीछन् । ग्रान्डी हस्पिटलमा कार्यरत उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।


बिजेता बिष्टले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा सुजिता खत्री फष्ट रनरअफ र जेनिशा थापा सेकेन्ड रनरअफ घोषित भए ।


नर्सिङ पेशामा आबद्ध भएका र अध्ययन गर्दै गरेका स्वास्थ्य परिचारिकाहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताको यो पहिलो संस्करण हो ।

 

पेशागत प्रतियोगिता भएको हुनाले मिस तथा मिसेस दुबै प्रतियोगीहरुले प्रतिस्प्रधा गरेको र प्रतियोगितामा उमेर, उचाई, तौल जस्ता मापदण्दहरु नतोकिएको आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले बताए ।

२०७४ वैशाख १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्