Birendranagar Municipality

प्रदेश नं ६ का अहिले सम्मका बिजयीहरु

सेरोफेरो


१ जेठ, सुर्खेत । बैशाख ३१ मा सम्पन्न स्थानीय तहकोे प्रदेश नं ६ को हाल सम्मको मत परिणाम अपडेट ।


सुर्खेत


भेरीगंगा नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रको तर्फवाट अध्यक्षमा नवराज कार्की र उनको प्यानल बिजयी भएको छ ।

 

लेकवेशी नगरपालिका वडा नं. १ को अध्यक्षमा एमालेका मानवहादुर पुन र उनको को प्यानल विजयी भएको छ ।

 

दैलेख


डुङ्गेश्वर गाउँपालीका वडा नं १ मा प्यानल सहित एमाले बाट लोक बहादुर डाँगी र वडा नं २ मा एमालेका राजु खत्री बिजयी भएका छन् ।

 

रुकुम

 

मुसिकोट नगरपालिका वडा नं १ मा काँग्रेसका बीरवल के.सी, वडा नं २ मा काशिराम खड्का र वडा नं ३ मा लोक बहादुर के.सी विजयी भएका छन् ।

 

सानिभेरी गाउंपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका टेक बहादुर पुन, २ मा धरम पुन, ३ मा केदार बिष्ट र ४ मा नरसिंह बुढाथोकी, ५ मा लाव बहादुर खड्का र ६ मा सर्वजित घर्तीको प्यानल बिजयी भएको छ ।


चौरजहारी नगरपालिका वार्ड नं १४ मा माओवादी केन्द्रका अतिराम विष्टको प्यानल विजयी भएको छ ।


सल्यान


कपुरकोट गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका बालाराम खड्का प्यानल बिजयी भएका छन् ।


सारदा नगरपालिका वार्ड १ मा एमालेका नवराज बुढाथोकीको प्यानल बिजयी भएको छ ।


ढोरचौर गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका राम बहादुर बस्नेत बिजयी भएका छन् ।


जाजरकोट

 

शिवालय गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका मान बहादुर पुन र वडा नं ४ मा एमालेका तेज बुढा बिजयी भएका छन् ।

 

केशे गाउँपालीका वडा नं ६ मा माओवादी केन्द्रका अम्मर बहादुर शाही, वडा नं ७ मा काँग्रेसका राम बहादुर शाही र वडा नं ८ मा काँग्रेसका अम्मर रोकाय बिजयी भएका छन् ।

 

बारेकोट गाउँपालीका वडा नं ९ मा माओवादी केन्द्रका शसिराम गौतम बिजयी भएका छन् ।


भेरी नगरपालिका वडा नं १३ मा एमालेका गोपाल बटाला बिजयी भएका छन् ।

 

जुम्ला


गुठीचौर गाउँपालिका वडा नं १ को अध्यक्षमा एमालेका गणेश ऐरी बिजयी भएका छन् ।

 

डोल्पा


काइके गाउँपालिकाको प्रमुखमा एमालेका अंगत राना बिजयी भएका छन् ।


ठुलीभेरी नगरपालिका वडा नं १ मा राप्रपाका बाग बहादुर महतरा र २ मा एमाले बाट देवी रोकाया बिजयी भएका छन् ।

 

कालीकोट


सन्नी त्रिवेणी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका डम्मर शाही बिजयी भएका छन् ।


खाँडाचक्र नगरपालिका वडा नं १ मा काँग्रेरका गणेश बहादुर शाही अध्यक्षमा बिजयी भएका छन् ।

२०७४ जेठ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्