२० बैशाख । कर्णाली प्रदेश संसदको ८७ दिनमा २२ वटा बैठक बसेको छ । यो अवधिमा २६ घण्टा ४३ मिनेट बैठक संचालन भएको प्रदेश संसद सचिवालयले जनाएको छ । सचिवालयले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि संसदले ८७ दिनमा गरेका बैठकका निर्णयहरु जानकारी गरायको हो ।
कार्यक्रममा सभामुख राजबहादुर शाहीले संसदले अन्य प्रदेशले टुङ्गो लगाउन नसकेको विषय प्रदेशको नामाकरण र राजधानी टुङ्गायको र प्रदेशको नीति तथा कार्यक्रम र बजेट समेत सर्वसहमतीबाट पारित गरेको जानकारी दिए । उनले भने 'हामीले सवै दलहरुको सहमतीमा महत्वपुर्ण निर्णयहरु सहज तरिकावाट टुङ्गाउन सफल भएका छौं । हामी अन्य प्रदेशले सिक्ने गरी समन्वय र एकताको सन्देश दिन सफल भएका छौं । यो हाम्रो उपलब्धी हो ।'
कार्यक्रममा संसद सचिवालयका सचिव राजेश पौड्यालले मुलुकको लागि समेत प्रदेश सभाको अभ्यास नयाँ भएकोले संसद सचिवालय पनि सिक्ने क्रममा भएको बताउदै काम गर्ने क्रममा साना गल्ती पनि हुन सक्ने भन्दै आगामी दिनमा सुधार गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।
साथै दोस्रो अधिवेसन स्थाइ संसद भवनमा संचालन गर्ने गरि कार्य अगाडी बढाइएको समेत सभामुखले बताए । शैक्षिक तालिम केन्द्रमा निर्माण भइरहेको कर्णाली प्रदेश सभाको हल निर्माण कार्य तिव्ररुपमा भइरहेको समेत उनले जानकारी दिए । पत्रकार सम्मेलनमा उप-सभामुख पुष्पा घर्तिको समेत उपस्थिती रहेको थियो ।





प्रतिकृया दिनुहोस्