२१ बैशाख । सुत्केरी गराउन क्षेत्रिय अस्पताल कालागाउँ पुगेकी मनिषा सिंहको मुत्यु भएको छ । प्रसुती व्यथा लागेर विहिवार क्षेत्रिय अस्पताल पुगेकी सिंहको शुक्रवार विहान निधन भएको हो । महावै गाउँपालिका ३ कालिकोटकी सिंह १६ गते जाँच गराउन अस्पताल पुगेकी थिइन् ।
सुत्केरी व्यथा नलागेको भन्दै अस्पतालले उनलाइ घर फर्काएको थियो । सिंहको निधन लगत्तै अस्पत्ताल पुगेका आफन्तहरुले विहान ११ वजे भर्ना गरिएकोमा राती १२ वजे मात्र डक्टरले चेकजाँच गरेको भन्दै अस्पतालको लापरवाहीको कारण मुत्यु भएको दावी गरेका छन् । मनिषाकी जेठी दिदि सुभद्रा सिंहले डाक्टर र नर्सको लापरवाहीले बहिनीको मृत्यु भएको बताइन् । मनिषाको एक छोरा र एक छोरी छन् ।
उता क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले डाक्टर र नर्सहरुको लापरवाहीका कारण मनिसाको मृत्यु नभएको दावी गरे । खड्काले अन्य जिल्लाका ५० बेडको अस्पताल जस्तै सुविधा भएको नाममात्रको क्षेत्रिय अस्पतालमा स्रोत र साधनको अभावका विच सेवा दिइरहेको बताए ।
विरामीलाइ एमोनिटी फ्युड इम्बोलिजमका कारण पाठेघरको पानी रक्त नलि हुदै फोक्सो र मुटुमा गइ रगत बन्द गरेका कारण विरामीको मृत्यु भएको बताए । उनले भने 'यो घटना लाखौमा एक लाइ हुने भएकाले विरामीलाइ बचाउन सकेनौं ।'
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सुत्केरी गराउन क्षेत्रिय अस्पत्ताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको लापरवाहीका कारण निधन भएको वताउदै आन्दोलित आफन्तहरुलाई भेटन आज अस्पत्ताल पुगेका शाहीले छानविनका लागि निर्देशन दिएका हुन् ।
क्षेत्रिय अस्पताल कालागाउँ पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका वारेमा अस्पताल प्रमुख डम्वर खड्कासंग जानकारी लिएका छन् साथै मृतकका आफन्तलाइ समेत भेटेका छन् । स्वास्थ्य सेवा नागरीकको मौलिक हक भएको वताउदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुखद भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्