Birendranagar Municipality

५० क्षमता भएको कारागारमा १९७ कैदी बस्न बाध्य : प्रहरीले यातना दिने गरेको गुनासो

सेरोफेरो
५० क्षमता भएको कारागारमा १९७ कैदी बस्न बाध्य : प्रहरीले यातना दिने गरेको गुनासो

२१ बैशाख । सुर्खेत कारागारमा क्षमता भन्दा धेरै कैदीहरु बस्न बाध्य भएका छन् । जिवनमा गल्ती गरेर सजाय कटाइरहेका कैदीहरु कारागारमा थप दुःखको सामाना गर्नु परेको दुखेसो गर्छन्। उनिहरुले सोधपुछको क्रममा प्रहरीले सहन नसक्ने गरी यातना दिने गरेको समेत गुनासो गरे ।

 

सांघुरो संरचनामा बस्दैआएका कैदिहरुले भौतिक संरचना तथा शौचालय, पानी, स्वास्थ्य उपचारका लागी आवश्यक गाडिको समेत अभाव भएको गुनासो गरेका छन् ।  कारागारमा ३ वटा शौचालय मात्रै छन्, भौतीक संरचनाका कारण हामीहरु पालमुनी रात विताउन बाध्य छौ उनिहरुले बताए  । ५० जना क्षमता भएको संरचनामा १ सय ९७ कैदिहरु बस्न बाध्य छन् ।

 

कारागारको अनुगमनको क्रममा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसंग अभावै अभावको पालमुनीको कैदि जिवन गुजार्नु परेको बताए । उनिहरुले सरकारले आधारभुत आवश्यकताबाट कैदिहरुलाई बञ्चित नगर्न र कानुनमा समेत संशोधन गर्न आग्रह गरेका छन् ।

 

कारागार कार्यालयमा भएको विभिन्न समस्यालाई समाधान गर्नको लागी कर्णाली प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बचन मुख्यमन्त्री शाहीले दिएका छन् ।मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जेललाई सुधार गृहका रुपमा विकास गरिने बताउदै अपराधमुक्त समाज निर्माणको लागि जेललाई सुधारगृहमा विकास गर्नुपर्नेमा जोड दिए ।

 

उनले कैदीहरुलाइ आयआर्जनका काममा लाग्न आग्रह गरे ‘आयआर्जन र उत्पादनमुलक कामका लागि आवश्यक वजेट तथा कच्चा पदार्थ र वजारको व्यवस्था सरकारले गर्छ ।’ कैदीवन्दीहरुको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भने–‘तपाईहरु खाली हात नवस्नुस्, उत्पादनमुलक काममा लाग्नुहोस् ।’

 

कारागारमा कैदीहरुले आधारभुत मानवीय सुविधा पाउनुपर्नेमा जोड दिदै मुख्यमन्त्री शाहीले कारागारमा देखिएका शौचालय, खानेपानी, पुस्तकालय, खेलसामाग्री लगायतका समस्या सामाधानका लागि जेलप्रशासनलाई निर्देशन समेत दिए । कारागार निरिक्षणमा मुख्यमन्त्री शाही संगै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी समेत पुगेका थिए ।

 

२०७५ बैशाख २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्