२२ बैशाख । बर्दियामा जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।
धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औंरीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार गतिमा रहेको जिपको पछाडिको पांग्रा फुस्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनाबाट ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्