Birendranagar Municipality

देशभरीको चुनाबी परिणाम : एमालेको अग्रता

सेरोफेरो


१ जेठ, सुर्खेत । देशभरीको मतपरिणाम आइरहँदा हालसम्म नेकपा एमाले ले ४ स्थानमा सफलता हात पारेको छ भने नेपाली काँग्रेसले १ स्थानमा बिजय हाँसील गरेको छ ।

 

 

डोल्पा र मनाङ जिल्लामा एमाले चार स्थानमा बिजयी भएको छ । डोल्पाको काइके गाउँपालिकाको प्रमुखमा अंगत राना र से फोक्सुण्डो गाउँपालिका प्रमुखमा तुसीतुण्डुप गुरुङ बिजयी भएका छन् । यसैगरी मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले र नेस्याङ गाउँपालिकामा कान्छा घले बिजयी भएका छन् ।


मुस्ताङको नारफ गाउँपालिकामा नेपाली काँग्रेसका मिङ्गा छिरिङ लामा बिजयी भएका छन् । यसैगरी मुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट बिजयी भएका छन् ।

२०७४ जेठ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्