२३, वैशाख । गैरसरकारी महासंघ नेपाल कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष खिमबहादुर शाहीले एनजिओ सरकारको प्रतिष्प्रधि नभएको बताएका छन् । महासंघले जारी गरेको ८ बुंदे घोषणापत्रको जानकारी दिन आईतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले सरकारले एनजिओलाई प्रतिष्प्रर्धिको रुपमा हेरेपनी वास्तविकतामा एनजिओ सरकारको सहयोगी भएको बताए ।
उनले भने ‘सरकारले एनजिओलाई नियन्त्रण गर्ने होईन्, नियमन गर्ने हो । सरकारको सहयोगीको रुपमा समाजमा जनजागरणको रुपमा एनजिओले हिजो पनी काम गर्दै आएको हो, आज पनी गर्छ र भोली पनी गर्नेछ ।’
केही समय अघि कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले यो प्रदेश एनजिओ मुक्त बनाइने जिकिर गरेका थिए । यसतर्फ लक्षित गर्दै शाहीले सरकारले गैरसरकारी संस्थाहरु प्रतिको सोच बदल्न जरुरी भएको उनले औंल्याए ।
वीरेन्द्रनगरमा बैशाख २१ र २२ गते आयोजित नागरिक सम्मेलन तथा प्रथम अधिवेशनबाट महासंघले ८ बुंदे घोषणापत्र समेत जारी गरेको छ । उक्त घोषणा पत्रमा कर्णाली प्रदेशमा महासंघको समन्वयमा अन्य विकासका साझेदारहरु तथा सामाजिक संस्थाहरुको प्रदेश स्तरिय साझा दिगो विकास मञ्च गठन गरी सहकार्य गर्ने, सरकारले ‘हामी सबैको ईच्छा, अनिवार्य निशुल्क आधारभुत शिक्षा’ भन्ने मुल नाराका साथ सञ्चालन गरेको भर्ना अभियानमा सहयोग गर्ने, महिला, बालबालीका, दलित, ज्येष्ठ नागरिक र सबै वर्गका नागरिकहरुलाई प्रदेश सरकारका विकासका रणनिति तथा योजनाका क्षेत्रहरुमा साझेदारी गर्न कर्णाली प्रदेश सरकारसंग अनुरोध गर्ने लगाएतका कुराहरु संलग्न छन् ।
प्रतिकृया दिनुहोस्