Birendranagar Municipality

जुवा खेल्दै गरेका ५ जना प्रहरीको फन्दामा

जुवा खेल्दै गरेका ५ जना प्रहरीको फन्दामा

२४ बैशाख । वीरेन्द्रनगर ४ भैरबस्थान सुर्खेतमा जुवा खेल्दै गरेका ५ जना पक्राउ परेका छन् । भैरवस्थान को प्रतिक होटलमा उनिहरु तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

दैलेख दुल्लु नगरपालिका २ स्थाइ ठेगाना भइ होटल संचालन गरिहरेका ऐनबहादुर शाही, अछाम तुर्माखाँघ गाउँपालिका ४ का डेकेन्द्र वुढा, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ९ का हर्कबहादुर थापा, दुल्लु नगरपालिका ३ का अनिल कार्की र दुल्लु नगरपालिका वडा नं ९ का छत्रबहादुर खड्कालाई जुवा खेल्दा खेल्दै पक्राउ गरेको हो ।

 

प्रहरीले तीन गड्डी तास, नगद रु. ४९०३० र बिभिन्न कम्पनीका चार सेट मोबाईल समेत बरामत गरेको छ । पक्राउ परेकाहरुलाइ नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ ।

२०७५ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्