Birendranagar Municipality

देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

सेरोफेरो
देश शान्ती र स्थिरता तर्फ अघि बढ्यो : प्रधानमन्त्री

२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले अवस्थामा नेपाल स्थिरता तर्फ बढेको बताए ।

 

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशीनीति, समानता, समृद्धि र सामाजिक न्यायकालागि प्रतिवद्ध रहेको समेत बताए । प्रधानमन्त्री ओलीले भने “शिक्षाका अतिरिक्त स्वास्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ ।”


नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको उनको भनाइ छ । “नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो ”प्रधानमन्त्रीले थपे “त्यसकारण पनि हामी बालबालिकाको शिक्षापाउने अधिकारलाई उच्चप्राथमिकतामा राख्छौं ।”


प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने सो कार्यक्रममा बताए । उनले भने “सुचना र प्रविधीलाई विद्यार्थी देखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ ।” उक्त कार्यक्रममा शिक्षामन्त्री गीरीराजमणी पोख्रेलको समेत सहभागीता रहेको थियो ।

२०७५ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्