Birendranagar Municipality

आफ्नै श्रीमती र छोरीबाट नहकुलको हत्या

सेरोफेरो
आफ्नै श्रीमती र छोरीबाट नहकुलको हत्या

२६ बैशाख । सिम्ता गाउँपालिका वडा नम्वर ५ तामाचौरका ५७ वर्षका नहकुल कुमार शाहीको श्रीमती र छोरीद्धारा हत्या भएको छ । बुधवार विहान ६ बजे नहकुल घरनजिक मृत अवस्थामा फेला परेका थिए ।

 

उनलाइ आफ्नै श्रीमती र छोरीले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरिक्षक मधुसुदन न्यौपानेको कमाण्डमा गएको टोलीले ५२ वर्षिया श्रीमति तुल्सा शाही र २२ वर्षिया छोरी कल्पना शाहीलाई नियन्त्रणमा लिएको छ ।

 

उनिहरुले हत्या गरेको स्वीकार गरेका छन् । हत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्