२६ बैशाख । बुधवार भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधवार भेरीगंगा नगरपालिका १० तालबारीमा विपरित दिशावाट भएको बस र मोटरसाइकील एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपालगञ्ज तर्फ जादै गरेको लु १ ख ९५६६ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको भे ७ प ४८८१ को मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाइकिल चालक दुल्लु नगरपालिका १२ दैलेखका बर्ष २८ का महेश रावतको मृत्यु भएको छ । टाउकोमा गम्भिर चोट लागेका रावतलाइ उपचारको लागि नेपालगंज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । बसको चालक भेरीगंगा नगरपालिका वडा नम्वर १२ वर्ष २८को झुपलाल परियारलाइ प्रहरीको नियन्त्रण लिएको छ ।
यसैगरी बुधवार अपरान्ह ५ः३० बजे वीरेन्द्रनगर ११ भाङघारीमा ना ४ ख नम्बरको प्लेटफर्म (लोडर बोकेको) आफै स्टार्ट भई अगाडी बढ्दा अनियन्त्रित भई पल्टिदा सो प्लेटफर्ममा सवार वीरेन्द्रनगर ११ बस्ने बर्ष २६ को रामलाल चुनाराको टाउकोमा गम्भिर चोट लागेको छ । उनको देउती नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्