Birendranagar Municipality

विकासको माग सहित कर्णालीका मुख्यमन्त्री र नेताहरु बालुवाटारमा

सेरोफेरो
विकासको माग सहित कर्णालीका मुख्यमन्त्री र नेताहरु बालुवाटारमा

२६ बैशाख । कर्णालीको विकासको लागि माग पत्र सहित मुख्यमन्त्री तथा नेताहरु प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुगेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाइ कर्णालीको विभिन्न क्षेत्रहरुमा बजेट विनियोजनको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

 

ज्ञापनपत्र बुझाउन पूर्वगृहमन्त्री जनार्दशन शर्मा, पूर्वमन्त्री यामलाल कंडेल, पूर्वमन्त्री जीवनबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला लगायत अन्य नेताहरु बालुवाटार पुगेका थिए । उनिहरुले कर्णाली प्रदेशको लागि दर्जनौ योजनाहरुको सूची बुझाउदै बजेट विनियोजन गर्न माग गरेका छन् ।

 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भिर रहेको बताएका छन् । ज्ञापन पत्रमा भौतिक पूर्वाधारतर्फ कर्णाली द्रूतमार्ग जमुनाहा (चंखेली) हिल्सा, कर्णाली र भेरी करिडोरका सडकलाई दुई लेन बनाउने, तेलपानी –भुरीगाउँ) सुर्खेत सुरुङमार्ग निर्माण, नाक्चेलाङ्गना दुईदेशीय सडक नाका निर्माण, मरिम (धो) सुर्खेत दुईदेशीय सडक नाका निर्माण, दाङ –सुर्खेत) दिपायल सडक निर्माणका लागि बजेटको लागी माग गरिएको छ । यसैगरी कर्णालीमा ऊर्जाको सम्भाव्यता अधिक भएकोले जलविद्युत उत्पादनका लागिसमेत केन्द्र सरकारले उच्च प्राथमिकताका साथ बजेट छुट्याउनु पर्ने माग गरिएको छ ।

मागको सूची हेर्नुहोस् :

Gyapan 1

Gyapan 2

२०७५ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्