सेरोफेरो
१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता भित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन । जेठ ४ गते संसद बैठक बस्दैछ ।
सरकार गठन पुर्व कांग्रेससँग भएको भद्र सहमति पालनाका लागि पनि आफुले जेठ ६ गते सत्ता हस्तान्तरण गर्ने तयारीमा रहेको राजपाका नेताहरूसँग भएको छलफलमा उनले बताएका हुन् ।
राजीनामा पछि जेठ १५ मा कामचलाउ सरकारले नै बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका थिए । एमालेले संविधान पारित हुन नदिएर मुलुकलाई यथास्थितिमै राख्न चाहेको आरोप लगाउंदै प्रधानमन्त्रीले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधनको लागि आफुले प्रयास गर्ने राजपाका नेताहरुलाई आश्वाशन दिएका छन् ।
प्रतिकृया दिनुहोस्