Birendranagar Municipality

जिल्ला प्रशासन कार्यालय डोल्पामा टोकन प्रणालीबाट सेवा शुरु

रुपलाल बोहोरा/डोल्पा
जिल्ला प्रशासन कार्यालय डोल्पामा टोकन प्रणालीबाट सेवा शुरु

२७ बैशाख । जिल्ला प्रशासन कार्यालय डोल्पामा विहिबार देखी टोकन प्रणाली बाट सेवा शुरु गरिएको छ । बिहीबार बाट सहायता कक्ष (हेल्प डेस्क) संचालन तथा टोकन प्रणाली मार्फत सेवा संचालन गरिएको हो ।

 

सेवाग्राहीलाइ छिटो छरितो रुपमा सेवा प्रबाह गर्नको लागि यसो गरिएको हो । बिहिबार नागरिकता लिन आएका ठुलीभेरी नगरपालीका वडा ७ का डिल बहादुर के.सी लाई पहिलो टोकन संगै नागरिकता सेवा प्रदान गरी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यसको शुरुवात गरेका हुन् । यसै अवसरमा छार्का तामसोङ गाउँपालिकाबाट नागरिकता बनाउन आएका रेन्जेन छाईबेल गुरुङलाई सफा पिउने पानी दिएर नागरीक मैत्री सेवाको सुरुवात समेत गरिएको छ ।


सेवाग्राहीहरु कुन सेवा को प्रकृया केहो र कहाँ जाने भन्ने बारे अलमल हुने भएकाले कार्यालय परिसरमा सहायता कक्ष (हेल्प डेस्क) को ब्यबस्था गरेको प्रजिअ थापाले बताए । 'टाढा टाढा बाट सेवाग्राही सेवा लिन आउने तर पिउने पानीको ब्यबस्था नभएकाले कार्यालयले बिहीबार बाट सफा पिउने पानीको पनि ब्यबस्था गरेका हौ' प्रजिअ थापाले सेरोफेरोलाइ जानकारी दिए ।

२०७५ बैशाख २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्