२८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओेर्लेका छन् ।
जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । उनी शुक्रबार बिहान भारतको पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । प्रधानमन्त्री मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
प्रधानमन्त्री मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ । उनले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिसँग नन्दबहादुर पुनसंग शिष्टाचार भेट गर्नेछन् ।
मोदीले आजै नेपाली समकक्षी केपी शर्मा ओलीसँग काठमाडौंको द्वारिकाज होटलमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेट लगतै दुई प्रधानमन्त्रीले स्वीच थिचेर अरुण तेस्रोका उद्घाटन गर्नेछन् ।
प्रतिकृया दिनुहोस्