२८ बैशाख । जिल्ला प्रहरी कार्यालय हुम्लाले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमकोट गाउँपालिका वडा नं. ७ डाँडाफयाका राप्रपा नेता दोर्जी भन्ने हर्कबहादुर शाही रहेका छन् ।
शाहीले चरेस अर्थात् अत्तर भनिने लागू औषध विक्री गर्दा गर्दै प्रहरीले उनलाई रंगे हात पक्राउ गरेको हो । नेता शाही संग २२ ग्राम चरेस फेला परेपछि जिल्ला प्रहरी कार्यालयको विशेष लागू औषध नियन्त्रण टोलीले गिरफ्तार गरेको हो ।
गिरफतार गरिएका नेता शाहीलाई अनुसन्धानका लागि ८ दिनको म्याद थप समेत गरीएको प्रहरी नायव उपरिक्षक रविन्द्र श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्