Birendranagar Municipality

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथमा

सेरोफेरो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथमा
२९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गरेका छन् । शनिबार बिहान उनी नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर गएका थिए ।

मन्दिरमा मोदीले विशेष पूजाआजा गरी करीब १ घण्टा समय विताएका थिए । उनको स्वागतका लागि स्थानीयवासी परम्परागत भेषभूषासहित उपस्थित भएका थिए ।

मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गरेको छ ।

मोदीले शनिबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा समेत विशेष पूजा गरी फर्कने कार्यक्रम छ ।

धार्मिक पर्यटनका लागि शुक्रबार नेपाल आएका मोदीले राजनीतिक भेटघाट समेत गरेका छन् ।
२०७५ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्