Birendranagar Municipality

काँक्रेविहार जंगलमा महिलाको बेवारिसे लास भेटियो

सेरोफेरो/सुर्खेत
काँक्रेविहार जंगलमा महिलाको बेवारिसे लास भेटियो

बैशाख २९ । सुर्खेतको काँक्रेविहार जंगलमा एक महिलाको वेवारिसे लाश फेला परेको छ । वीरेन्द्रनगर १० स्थित नयाँ गाउँ नजिकै जंगलमा उक्त शव भेटिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार मृतकको नाम ठेगाना खुल्न सकेको छैन । स्थानीयले शनिबार बिहान मृतक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

घटनाबारे अहिल्यै केही भन्न नसकिने र थप अनुसन्धान भैरहेको श्रेष्ठले बताए । उनका अनुशार मृतकलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ ।

२०७४ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्