Birendranagar Municipality

इजरायल डायरी

अर्जुन भण्डारी
इजरायल डायरी

इजरायल । ८७ लाख जनसंख्या । बिकासले फड्को मारिसकेको देश । एशिया, तर आफुलाइ युरोपको दर्जामा दर्ज गरिरहेका नागरिकहरु । जिसस क्राइस्टको जन्मस्थल जेरुसेलम यहीं पर्छ । पबित्र तिर्थस्थल यही भएतापनी कृष्चियन भन्दा यहुदी धेरै रहेछ्न यहा । कुल जनसन्ख्याको २ प्रतिशतले मात्र कृष्चियन मान्दारहेछ्न र मुस्लिम २०% जति छ्न यहाँ । प्यालेस्टाइनमा मुस्लिम ९८% भन्दा बढी रहेछ्न । जेरुसेलम घोषित राजधानी भएतापनि टेलिएभिब नै राजधानीको रुपमा रहेको छ। 

 

बास्तबमा इजरायल त इजरायल नै रहेछ । मरुभुमीमा हरियो नोट उत्पादन गर्ने देश, त्यै माथी प्यालेस्टाइनसङ्ग दिनहु युद्व त छदैछ । कुल जनसन्ख्याको ३ प्रतिशत मात्र कृषि पेशामा आवद्व छन, तैपनी देशलाइ सबै खाध्यान्न पुगेर निर्यात गर्दारहेछ्न । कति चेतनसिल छन यहाका मानिसहरु, सबैमा काम बाहेक अरु ध्यानै छैन । कुरा गर्ने फुर्सद छैन, चिया गफ गर्ने फुर्सद छैन यहा । मानिस निकै इनफर्मल छन यहाँ, औपचारिक न कुरा हुन्छ, न व्यवहार । महामहिम भन्दै हुनुहुथ्यो, सरकारले नै कुनै कार्यक्रममा जादा औपचारिक पोशाक नलगाउने परिपत्र गरेको छ । हाम्रोमा जस्तो ठाटिएर जानुपर्दो रहेनछ यहाँ । 

 

कृषि नै इजरायलको इज्जत हो, यहाको गर्व हो । कृषि पेशालाइ अत्याधिक माया गर्दारहेछन यहाँ । यहाको शब्दमा अझ देशलाइ बढी माया गर्छन । स्थलगत अवलोकनको बेला हामीलाइ लिने गाइड क्लिफ लभले भनेको सब्दले बास्तबमा गहन अर्थ बोकेको छ । मैले सोधेको प्रश्न, युद्व, मरुभुमी, पानीको अभावबिच इजरायलको यस सम्बृद्वीको खास कारण के हुन सक्छ ? उनको उत्तर थियो "हामी सरकारलाइ होइन राज्यलाइ अत्याधिक माया गर्छौ ।" बास्तबमा कति माया गर्दारहेछ्न देशलाइ यहाँ । 

 

यहाको आर्थिक सम्बृद्वीमा किबुज र मसाभको सफलता गासिएको छ । मसाभ रणनीतिलाइ औधी माया गर्छन इजरालीहरु । अधिकाश नागरिक रुसबाट माइग्रेटेड भएर आएका छन । एक जना इजरायली प्रोफेसर भन्दै थिए, कृषीमा पुजिबाद हुदैन, साना किसानहरुको समुहलाइ ग्रुमिङ्ग नगरी टुक्रे कृषि बिकास प्रणालीले केही परिवर्तन गर्दैन । यद्वपी कृषीको सहकारीकरण र निजी लगानी मोडेल पनि छ । सेन्टर अफ एक्सिलेन्स यहाको किसान शिक्षा र अनुसन्धानको लागि महत्वपुर्ण केन्द्र बनाइएको रैछ । 

 

मरुभुमी, गर्मी हुने देश, तैपनी स्याउ, जुनार, सुन्तला फलाएका छ्न बालुवा माटोमा । नेपाल भारतमा फल्ने आँप फलाएका छ्न यहाँ । प्रत्येक भुमी हरियो छ, बाझो छैन ।
इजरायलमा लोकतन्त्र छ, नागरिक स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता छ र महिलाहरुलाइ बढी अधिकार छ । हेर्दा कृषी पेशामा पुरुष बढी देखिन्छ्न । कृषीमा ब्यवसायिकरण र औधोगिकरण मुख्य आधार बनाएका छ्न । कृषि पेशा भन्ने बित्तिकै उत्साह छ, माया छ र लगाव छ ।

 

यहाको मुख्य कृषि अनुसन्धान गर्ने निकाय भल्कानी रिसर्च सेन्टर रैछ । जसले अमेरिका लगायतका अनुसन्धानकर्ताहरु सङ्ग मिलेर कान गर्छ । अमेरिकाकै झन्डै २०० कृषि अनुसन्धान युनिट छ्न यहाँ । कृषीका हरेक गतिबिधी बैज्ञानिक तवरबाट गर्दछन । किसानका कुनैपनी उत्पादन बजारमा जानुपुर्ब सरकारद्वारा ल्याब परिक्षण गरिन्छ ।

 

सहकारी, फर्म वा कम्पनीले उत्पादन गरेका कृषीजन्य उपजमा सरकारद्वारा दैनिक, पाक्षिक, मासिक वा बार्षिक यति उत्पादन गर भनेर कोटा समेत तोकिदो रहेछ र सरकारद्वारा जति कोटा तोकेको हो त्यति परिणाममा अनिबार्य उत्पादन गर्नुपर्दो रहेछ । एक डेरी सन्चालक भन्दै थिए, मेरो फर्मले दैनीक ५००० लि. दुध उत्पादन गर्नुपर्छ ।

 
एक डेरी फार्मको अवलोकन गर्ने बेला त्याहाका मेनेजरले भनेको शब्दले कति अर्थ बोकेको छ । तपाइ र यहाको अन्य ८/१० वटा कम्युन फार्ममा ५००० गाई पाल्नु भा छ, अनि ब्यवसाय जोखिमको कति सम्भावना छ त ? उनले भने- हामी गाइलाइ रानी जस्तै गरेर पाल्छौ, उसको घाटीमा हामीले सेन्सर जडान गरिदिन्छौ ।

 

प्रत्यक मिनेटको समय हामीले उसको चालचलन कम्प्युटरबाट निगरानी गर्छौ, ४०० मिनेटसम्म उसको चालचलन अनपेक्षित भएमा तत्काल हामीले त्यस्ता गाईहरुलाइ छुट्टै स्थानमा लिइ उपचार गरिहाल्छौ । अनि अर्को कुरा प्रत्येक गाइहरुको अनिबार्य पशुबीमा गरिएकै छ । 

 

घमण्डी छन इजरायलीहरु, आफुलाइ कृषीको अत्याधिक ज्ञाता मान्छन । यद्वपी बिकास नि गरेका छन । सडक चौडा छन, बस्ती बिकास र ब्यस्थापन भएकै छ । सिचाइ रिसाइकल गरेको पानीबाट गर्दछन । यहाँ ढलको पानीलाइ रिसाइकिल गरि दैनिक ३ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिचाइ हुन सक्ने पानी उत्पादन गरेका छ्न ।

 

कुनै चिज खेर जान दिदैन यहाँ । फलफुल जुस कम्पनीबाट निस्केको चोकरलाइ गाइबस्तुको खानामा प्रयोग गर्छन । हरियो घाँस खुवाउदैनन यहाँ । गाइलाइ जथाभाबी खाना दिदैनन । भोक लागे नलागेको र कति पोषण गाइलाइ दैनिक चाहिन्छ, कम्प्युटरबाट निगरानी गर्छ्न यहाँ । जे कुरामा पनि बिज्ञान छ अनुमान छैन यहाँ । 


यहा पानीको समस्या छ, अझ सिचाइको । प्रत्येक रुख, तरकारी, फुलका बोटमुनि साना साना पाइपहरु मरुभुमीमा माकुराको जालो झै फैलिएका छन । दुख धेरै गरेका छन बिकास र समृद्वीका लागी यहाका मानिसहरु । 

 

कृषीमा सहकारीमा आधारित कम्युन प्रणाली अझै रहेछ यहाँ । किबुज यसको प्रत्यक्ष उदाहरण हो । जग्गा नागरिकको नाममा छैन, सरकारबाट लिजमा लिएर खेतिपाती गर्छन यहाका मानिसहरु । नागरिक बस्ने स्थान सरकारले तोकिदिएको छ, सरकारले सबै पुर्बाधार हरेक स्थानमा पुर्याइदिएको छ । सिचाइ कुलो छैन, नहर छैन, माटो छैन, बालुवा छ, मरुभुमी छ तर बिकास समृद्वी उत्कृष्ठ छ ।

 

इजरायलको तुलनामा नेपाल त धेरै धनी छ प्राकृतिक स्रोतमा । खेतियोग्य जमिन नै २७ प्रतिशत छ । डाडाकाडामा समेत आफै पानीको मुल फुट्छ । हावापानी सबै प्रकारको छ । यद्वपी तुलना गर्ने सम्भावना हुदैन किन ? यस्ता प्रश्नले मेरो कलिलो दिमागलाई सधै सोच्ने बनाउछ नै ।

 

(भण्डारी गृह मन्त्रालयमा उपसचिव छन् ।)

२०७४ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्